default_image

6 years ago

October 20, 2019

नेपालले आज बैंकक युनिभर्सिटीसँग खेल्दै

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज दोस्रो अभ्यास खेलमा बैंकक युनिभर्सिटी थाइल्यान्डसँग खेल्दैछ ।

नेपाल र बैंकक युनिभर्सिटीबीचको प्रशिक्षण खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी डेबलपमेन्ट सेन्टरमा आज ४ बजेपछि शुरु हुने टिम व्यवस्थापक रीता कोइरालाले जानकारी गराइन् ।

नेपालले पहिलो अभ्यास खेलमा शुक्रबार जरानसानिवोङ युमाथि ३–१ को जित हात पारेको हो । नेपालले पहिलो खेलमा बैंकक युनिभर्सिटी बिहीबारै खेल्ने तालिका रहेपनि स्थगित भएको थियो । नेपाली टोली प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप र १३औं साग लागि प्रशिक्षणमा रहेको छ ।

टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् । सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.