default_image

5 years ago

October 20, 2019

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो अभ्यास खेलमा थाइल्यान्डको बैंकक युनिभर्सिटीमाथि ३–१ को जित निकालेको हो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई ३–१ को सेटमै पाजित गरेको थियो । एसियाकै उत्कृष्ट एफआइभीवी […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले दोस्रो अभ्यास खेलमा थाइल्यान्डको बैंकक युनिभर्सिटीमाथि ३–१ को जित निकालेको हो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई ३–१ को सेटमै पाजित गरेको थियो । एसियाकै उत्कृष्ट एफआइभीवी ट्रनिङ सेन्टरमा आइतबार भएको खेलमा नेपालले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट नेपालले २४–२६ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा नेपाल २५–१६ र २५–१९ ले विजयी हुन सफल भयो ।

बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पयनसिप नेपालमै आयोजना हुने १३औं सागको थप तयारीका लागि नेपाली टोली २२ दिने प्रशिक्षणमा लागि थाइल्यान्ड गएको हो । नेपाली टोलीले एक दिनको अन्तरमा थाइल्यानडा रहेको विभिन्न टोलीसँग अभ्यास खेल खेलिहेको छ ।

टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् । सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.