default_image

6 years ago

October 20, 2019

साफ यु–१६ नेटबल च्याम्पियनसिपः श्रीलंका र भारत उपाधिनजिक

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका र भारत प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधिनजिक पुगेका छन् । नेपाल नेटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकाले घरेलु टोली नेपाललाई ५२–१५ ले पराजित गर्यो ।

श्रीलंकाकी ‘वुमन अफ द म्याच’ रम्दुला गाभिजियाले सर्वाधिक २० स्कोर गरिन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको दोश्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४६–२५ ले हरायो । माल्दिभ्सकी मिस्का हुसेन ‘वुमन अफ द म्याच’ भइन् । फाइनल मंगलबार हुने छ ।

समूह चरणको खेलमा श्रीलंकाले नेपाललाई ५३–१६ ले पन्छायो । श्रीलंकाकी हिरोनीले २६ अंक जोडिन् । श्रीलंकाकै नतासा ‘वुमन अफ द म्याच’ बनिन् । माल्दिभ्सले पाकिस्तानलाई ३६–१० ले पाखा लगाएको थियो । ‘वुमन अफ द म्याच’ आइसाब नुमीले १८ अंक जोडिन् ।
प्रतियोगितामा आयोजक नेपालसहित श्रीलंका, भारत, माल्दिभ्स पाकिस्तानको सहभागिता रहेको थियो ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.