6 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अभ्यास खेलमा पहिलो हार बेहोरेको छ । नेपाली टोलीले थाइल्यान्डको यु–२३ टिमसँग हार बेहोरेको हो ।
यसअघिका दुई अभ्यास खेलमा जित हात पारेको नेपाल थाइल्यान्डको यु–२३ टिमसँग ३–० का सोझो सेटमा पराजित भएको हो । बैंककस्थित नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो । दोस्रो सेटमा नेपालले कडा टक्कर दिएपनि २६–२४ ले सेट गुमाएको थियो । तेस्रो सेटमा २५–२० ले पराजित हुन पुग्यो ।
नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई तथा दोस्रो अभ्यास खेलमा बैंकक युनिभर्सिटीलाई समान ३–१ को सेटमा पराजित गरेको थियो । बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पयनसिप र स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि नेपाली टोली २२ दिने प्रशिक्षणमा लागि थाइल्यान्ड गएको हो ।
नेपाली टोलीले एक दिनको अन्तरमा थाइल्यानडा रहेको विभिन्न टोलीसँग अभ्यास खेल खेलिहेको छ । टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् ।
सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]