6 years ago
October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)-त्रिभुवन आर्मी क्लबकी तुल्सा खत्रीले १० वर्षअघिको कीर्तिमान भंग गरेकी छन् । चीनको वुहानमा जारी सातौ विश्व सैन्य खेलकुद अन्तरगत महिला ४०० मिटर दौडमा १० वर्ष अघिको कीर्तिमान भंग गरेकी हुन् ।
तुल्साले ४०० मिटर दुरी ५९.५७ सेकेन्डमा पुरा गरिन् । यसअघि यो कीर्तिमान प्रमिला रिजालको नाममा ५९.९० सेकेन्डको रहेको थियो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा जारी प्रतियोगितामा नेपाली सेनाले विभिन्न १४ खेलमा प्रतिस्पर्धा गरिरहेको छ । नेपालका कीर्तिमानी सोम बहादुर कुमालले बुधबार ८०० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]