default_image

6 years ago

October 22, 2019

श्रीलंकालाई नेटबल उपाधि

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

पहिलो क्वार्टरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वार्टरमा १६–४ को अग्रता बनाएको थियो । यस्तै तेस्रोमा ११–८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वार्टरमा भने ७–८ ले पछि परेको थियो । श्रीलंकालाई प्रभावशाली जित दिलाउन प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अंकको योगदान गरिन् ।

च्याम्पियनसिपमा घरेलु टोली नेपाल भने चौथो स्थानमा सीमित भयो । तेस्रो स्थानका लागि मंगलबार नै भएको खेलमा माल्दिभ्ससँग ३५–१८ ले पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भएको हो । माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलिन । च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी दिननायके सर्वोकृष्ट खेलाडी बनेकी छिन् ।

श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेअर अफ दी च्याम्पियनसिप चुनिएकी हुन् । श्रीलंकाकै हिरोनी हिसानी सर्वाधिक स्कोरकर्ता बनिन् । उनले च्याम्पियनसिपमा एक सय ५८ अंक जोडेकी थिइन् । यस्तै माल्दिभ्सकी मिस्का अफराह हसन बेस्ट डिफेन्डर घोषित भइन् ।

विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए । नेपाल नेटबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका थिए ।

 

 

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.