5 years ago
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षणका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले चौथो अभ्यास खेलमा आज जापानको यु–१८ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल बैंककस्थित एसियाकै उत्कृष्ट भलिबल प्रशिक्षण सेन्टर एफआइभिवीमा बिहान १० बजेपछि हुनेछ । नेपालको यो चौथो अभ्यास खेल हो । यसअघिका शुरुवाती दुई खेलमा स्थानिय टिमलाई समान ३–१ को सेटमा पराजित गरेको नेपाली टोलीले गत मंगलबार थाइल्यान्डको यु–२३ टिमसँग ३–० को हार बेहोरेको थियो ।
जापानलाई भलिबलमा निकै सशक्त मानिन्छ । २२ दिने बन्द प्रशिक्षण र अभ्यासमा रहेको नेपाली टोलीले ७ अभ्यास खेल खेल्ने तय छ ।
नेपालले पहिलो अभ्यास खेलमा जरानसानिवोङ युलाई तथा दोस्रो अभ्यास खेलमा बैंकक युनिभर्सिटीलाई समान ३–१ को सेटमा पराजित गरेको थियो ।
बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पयनसिप र स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि नेपाली टोली २२ दिने प्रशिक्षणमा लागि थाइल्यान्ड गएको हो ।
नेपाली टोलीले एक दिनको अन्तरमा थाइल्यानडा रहेको विभिन्न टोलीसँग अभ्यास खेल खेलिहेको छ । टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् ।
सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]