default_image

5 years ago

October 24, 2019

जापानी युथ टोलीमाथि नेपालको जित

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बन्द प्रशिक्षण र अभ्यासका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोली अभ्यास खेलमा तेस्रा जित हात पारेको छ ।

बैंककस्थित एसियाकै उत्कृष्ट भलिबल प्रशिक्षण सेन्टर एफआइभिवीमा बिहान भएको खेलमा नेपाली टोलीले जापानको यु–१८ टिममाथि ३–१ को सेटमा जित हात पार्दै अभ्यासमा तेस्रो जित हात पारेको हो । यसअघि नेपाल शुरुवाती दुई खेलमा विजयी भएपनि तेस्रो अभ्यास खेलमा थाइल्यान्डको यु–२३ टिमसँग पराजित भएको थियो ।

जापानलाई भलिबलमा निकै सशक्त मानिएपनि नेपालले उत्कृष्ट खेल पस्कदै जित निकाल्न सफल भयो । पहिलो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेटमा जापानी युथ टोलीमाथि नेपाली टोली २५–१६ र २५–११ ले विजयी रहन सफल भयो ।

बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पयनसिप र स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि नेपाली टोली २२ दिने बन्द प्रशिक्षण र अभ्यासमा रहेको नेपाली टोलीले ७ अभ्यास खेल खेल्ने तय छ ।

नेपाली टोलीले एक दिनको अन्तरमा थाइल्यान्डमा रहेका विभिन्न टोलीसँग अभ्यास खेल खेलिहेको छ । टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् ।

सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 11, 2024

सूर्य नेपाल काठमाडौं ओपन -विष्णुलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा […]

December 11, 2024

काभा क्लब च्याम्पियन्सिप – हेल्प नेपाल र क्लब एचडिसी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]

Success

Thank you for your time.