6 years ago
October 30, 2019
विविध सुवेदी, ब्रिसबेन
श्रीलंकाविरुद्धको तीन टि ट्वान्टी सिजन अष्ट्रेलियाले जितेको छ । श्रीलंकालाई दोस्रो टि ट्वान्टीमा बुधबार ९ विकेटले हराउँदै अष्ट्रेलियाले अन्तिम खेलअघि नै सिरिज जितेको हो । पहिलो खेलमा घरेलु टोली १ सय ३४ रनले विजयी भएको थियो ।
१ सय १८ रनको लक्ष्य अष्ट्रेलियाले १३ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो । ओपनर डेभिड वार्नर र पूर्व कप्तान स्टेभन स्मिथले अविजित अर्धशतक बनाएपछि अष्ट्रेलियाले सहज जित हासिल गरेको थियो । पहिलो ओभरमा घरेलु टोलीले आरोन फिन्चलाई शून्य रनमा गुमाएपछि वार्नर र स्मिथले दोस्रो विकेटका लागि अविजित १ सय १७ रनको साझेदारी गरेका थिए ।
वार्नर ६० र स्मिथ ५३ रनमा अविजित रहे । ४१ बल खेलेका वार्नरले ९ चौका र ३६ बल खेल्दै ६ चौका प्रहार गरेका थिए । श्रीलंकाका एक मात्र विकेट लासिथ मालिगांले लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो ।
टोलीका लागि कुशल परेराले सर्वाधिक २७ रन बनाएका थिए । ओपनर धनुस्का गुनातिलकाले २१, अभिष्का फर्नान्डोले १७, वानिन्दु हसरंगशा, इसुरु उडाना र लक्षण सान्दाकानले समान १० रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । घरेलु टोलीका लागि बेली स्टालाके, पाट कुमिन्स, अस्टोन एगर, र एडम जाम्पाले समान २ विकेट लिए ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]