default_image

6 years ago

November 4, 2019

महिला भलिबल टोली आज स्वदेश फर्कदै

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेल खेलेर नेपाली महिला राष्ट्रिय महिला भलिबल टिम आज (सोमबार) स्वदेश फर्कदैछ ।

२२ सदस्यीय नेपाली टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । नेपाली टोली सेन्ट्रल जोनका लागि बिहीबार बंगलादेश प्रस्थान गर्ने तालिका छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोली अर्को महिना नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र यसै महिना बंगलादेशमा आयोजना हुने प्रथम एभीसी एसयन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारीका लागि गत असोज २९ गते थाइल्यान्ड प्रस्थान गरेको थियो ।

त्यहाँ रहँदा नेपाली टोलीले ७ अभ्यास खेल खेल्दै ४ मा जित र ३ हारको नतिजा निकालेको थियो । सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म तथा १३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा हुदैछ ।

२२ सदस्यीय टोलीः
अरुणा शाही (कप्तान) – गण्डकी प्रदेश, प्रतिभा माली – प्रदेश ३, सरस्वती चौधरी – एपीएफ, निरुता ठगुन्ना – आर्मी, कमला पुन – पुलिस, रेश्मा भण्डारी – एपीएफ, जानकी भण्डारी – आर्मी, उषा भण्डारी – पुलिस, लक्ष्मी (सोफिया) पुन – आर्मी, हिरा केसी – एपीएफ, उषा विष्ट – एपीएफ, संगम महतो – आर्मी, शान्ति थारु – आर्मी, सुनिता खड्का – आर्मी, पुनम चन्द – गण्डकी प्रदेश, शान्ति तामाङ – पुलिस, सलिना श्रेष्ठ – प्रदेश ३, आरती सुवेदी – प्रदेश ३

जगदिश भट्ट – मुख्य प्रशिक्षक, सलिना श्रेष्ठ – प्रशिक्षक, भरत यादव– प्रशिक्षक, रीता कोइराला – टिम व्यवस्थापक

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.