6 years ago
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा यसै साता सुरु हुने प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । सेन्ट्रल जोन शुक्रबार सुरु हुनेछ ।
थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेलपछि सोमबार स्वदेश फर्किएको भोलिपल्टै संघले सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोली बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।
टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठले स्थान बनाएका छन् ।
सेन्ट्रल जोनका लागि उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसीले स्थान बनाउन सकेनन् । अर्को महिना स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टोलीमा फेरबदल हुन सक्ने संघले जनाएको छ । सागमा १४ खेलाडी सम्म टोलीमा राख्न पाउने प्रावधान रहेको बताइएको छ ।
‘त्यसबाहेक अन्य खेलाडीलाई पनि हामी प्रशिक्षणमा बोलाउन सक्छौं,’ संघका ती पदाधिकारीले भने । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखारमा आयोजना हुँदैछ ।
जगदिश भट्ट – मुख्य प्रशिक्षक, सलिना श्रेष्ठ – प्रशिक्षक, भरत यादव– प्रशिक्षक, रीता कोइराला – टिम व्यवस्थापक
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]