6 years ago
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा यसै साता सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसपमा माल्दिभ्स पहिलो प्रतिद्वन्द्वी पाएको छ ।

आयोजक बंगलादेश भलिबल फेडेरेसेनले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल १० नोभेम्वरमा माल्दिभ्ससँग खेल्ने भएको हो । खेल नेपाली समयअनुसार आइतबार दिउसो २ः४५ बजे हुनेछ । त्यसपछि नेपालले ११ नोभेम्वरमा अफगानिस्तान, १२ नोभेम्वरमा किर्गिस्तान र लिगको अन्तिम खेलमा १३ नोभेम्वरमा आयोजक बंगलादेशसँग खेल्नेछ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि खेल हुनेछ । नेपाल भलिबल संघले मंगलबार मात्रै अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

नेपाली टोली :
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ
अफिसियल :
जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (टिम व्यवस्थापक)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]