default_image

6 years ago

November 6, 2019

सेन्ट्रल जोन भलिबलका लागि महिला टोली बंगलादेश जाँदै

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय महिला भलिबल टोली बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छ ।

१२ सदस्यी नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमशे कुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, राखेप तथा संघका सदस्य इन्दिरा निरौलालगायतले बिदाई गरे ।

१२ खेलाडीसहितको नेपाली टोली बिहीबार दिउसो बंगलादेश प्रस्थान गर्नेछ । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले नेपाली टोलीलाई सेन्ट्रल जोनमा इतिहास रचेर आउन आग्रह गरे । संघका महासचिव जितेन्द्र बहादुर चन्दले नियम त्यही रहेको र कमजो टिम भन्दै हेलचक्र्याई नगरी खेल्न आग्रह गरे ।

बिदाई कार्यक्रममै संघक अध्यक्ष मनोरन्जन रमण शर्माले टिमका कप्तान अरुणा शाहीलाई सेन्ट्रल जोनका लागि प्रयोग हुने जर्सी हस्तान्तरण गरे ।
संघले मंगलबार मात्रै ६ नयाँ खेलाडीलाई समेट्दै १२ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । थाइल्यान्डमा १९ दिनसम्मको प्रशिक्षण र ७ अभ्यास खेलबाट सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको नेपाल भलिबल संघले जनाएको छ ।

टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठले स्थान बनाएका छन् ।

थाइल्यान्डमा रहेका उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसीले स्थान बनाउन सकेनन् । टोलीका लागि निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, सुनिता खड्का, पुनम चन्द र सलिना श्रेष्ठले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

सेन्ट्रल जोन च्याम्पियनसिपलाई मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रुपमा हेरिएको छ । सेन्ट्रल जोन २२ देखि २७ कात्र्तिकसम्म हुनेछ । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

नेपालले २४ कात्र्तिकमा माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको शुरुवात गर्नेछ । २५ कात्र्तिकमा अफगानिस्तान, २६ कात्र्तिकमा किर्गिस्तान र २७ कात्र्तिकमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि खेल हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानको सहभागिता रहेको छ ।

नेपाली टोली
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (टिम व्यवस्थापक)

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.