6 years ago
November 7, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला भलिबल टोली आज बंगलादेश आइपुगेको छ ।
१२ खेलाडीसहितको १५ सदस्यीय नेपाली टोली स्थानिय दिउँसो २ बजे ढाका आइपुगको हो । नेपाल भलिबल संघले मंगलबार मात्रै ६ नयाँ खेलाडीलाई समेट्दै १२ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो ।
थाइल्यान्डमा १९ दिनसम्मको प्रशिक्षण र ७ अभ्यास खेलबाट सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको नेपाल भलिबल संघले जनाएको छ ।
टोलीका लागि निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, सुनिता खड्का, पुनम चन्द र सलिना श्रेष्ठले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसीले स्थान बनाउन सकेनन् ।
नेपालले २४ कात्र्तिकमा माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको शुरुवात गर्नेछ । २५ कात्र्तिकमा अफगानिस्तान, २६ कात्र्तिकमा किर्गिस्तान र २७ कात्र्तिकमा आयोजक बंगलादेशसँग खेल्नेछ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि खेल हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानको सहभागिता रहेको छ ।
सेन्ट्रल जोन च्याम्पियनसिपलाई मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीको रुपमा हेरिएको छ । १३औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।
नेपाली टोली
अरुणा शाही ९कप्तान०, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ
जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (टिम व्यवस्थापक)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]