default_image

6 years ago

November 7, 2019

सेन्ट्रल जोन भलिबलको खेलतालिका परिवर्तन, अब नेपालको पहिलो प्रतिद्वन्द्वी अफगानिस्तान

127 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा शनिबारदेखि आयोजना हुन लागेको पहिलो संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ ।

आयोजक बंगलादेश भलिबल फेडेरेसनले बिहीबार खेल तालिका परिवर्तन गरेको हो । परिवर्तित तालिका अनुसार नेपालले अब पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल आइतबार नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजेपछि हुनेछ । यसअघिको तालिकामा नेपालले पहिलो खेलमा माल्दिभ्ससँग खेल्ने तय थियो ।

त्यसपछि नेपालले ११ नोभेम्वरमा किर्गिस्तानसँग, १२ नोभेम्वरमा आयोजक बंगलादेशसँग र १३ नोभेम्वरमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले हफ हुनेछ ।
स्वर्ण जित्ने लक्ष्यसहित सेन्ट्रल जोनका लागि नेपाली टोली बिहीबार ढाका पुगिसकेका छन् । नेपाल भलिबल संघले मंगलबार मात्रै अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुरमा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेलमा किर्गिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि उद्घाटन सत्र र अफगानिस्तान र आयोजक बंगलादेशबीच खेल हुनेछ ।

नेपाली टोली :

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ

अफिसियल :

जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (टिम व्यवस्थापक)

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.