6 years ago
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तीन खेलाडीले कोरियामा आयोजना अर्को साता सुरु हुने द २०१९ विश्व तेक्वान्दो च्याम्पियनसिप अफ एम्बासडर कपमा भाग लिने भएका छन् । आइतबारदेखि सुरु हुने च्याम्पियनसिप ६ दिन सम्म चल्नेछ ।
कोटेश्वरका रन्जित साउद, युनाइटेडका रुपेश तामाङ र बाँकेकी निलिमा मल्लले भाग लिनेछन् । टोलीको प्रशिक्षकमा राजेश प्रजापति रहेका छन् । रन्जितले ६३ केजी, रुपेशले ५१ केजी र निलिमाले ५३ केजीमा प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ ।
केहि दिन अघि सम्पन्न नवौं कोरियन एम्बासडल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपबाट यी तीन खेलाडी छनोट भएका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, प्रदेश ३ का अध्यक्ष केशव पुरी, उपाध्यक्ष माधव नेपालगायतले टोलीको विदाई गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]