6 years ago
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा मंसिर तेस्रो सातादेखि आयोजना हुने १३औं सागको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतीय राष्ट्रिय टोलीसँग तीन मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

भारतीय भलिबल फेडेरेसनको निमन्त्रणमा नेपालले भारतीय टोलीसँग तीन मैत्रीपुर्ण खेल खेल्नुको साथै प्रशिक्षण पनि गर्नेछ । मैत्रीपुर्ण खेललाई सागको तयारीको रुपमा लिइएको छ । साग मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैछ
नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिब जितेन्द्र बहादुर चन्दलगायतले बिदाई गरे ।
संघले सागका लागि नेदरल्याण्डका पुर्व प्रशिक्षक लेस्ले डि जोङलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । लेस्ले नेदरल्यान्डबाट सिधै भारत जाने संघले जनाएको छ ।
नेपाली टोली
इम बहादुर राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरि हजुर थापा, टेकराज अवस्थी, हरि अधिकारी, दुर्गा खड्का, द्धारिका थापा, इश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरण सामरी क्षेत्री, कुलबहादुर थापा, रविन चन्द
लेस्ले डि जोङ – मुख्य प्रशिक्षक
वीरेन्द्र चौधरी – प्रशिक्षक
प्रज्ज्वल बहादुर सिंह – ट्रेनर
श्यामकृष्ण श्रेष्ठ – व्यवस्थापक
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]