6 years ago
November 9, 2019
ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशको ढाकामा शनिबारदेखि शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । घरेलु टोली बंगलादेशले अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।

शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा भएको एकपक्षीय खेलमा बंगलादेशले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि २५–९ को सहज जित निकालेको बंगलादेशले तेस्रो सेटमा २५-३ को जित निकाल्यो । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । पराजित अफगानिस्तान अंकविहीन छ ।
शनिबारै माल्दिभ्सले किर्गिस्तानमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । माल्दिभ्सले किर्गिस्थानमाथि २६–२४, २२–२५, २५–१४ र १५–१० को सहज जित निकाल्यो ।

नेपालले आइतबार अफगास्नितानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले हफ हुनेछ । म्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । बंगलादेश संसदकी सभामुख डाक्टर शार्मिन चौधरीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । उनले सेन्ट्रल जोनमा सहभागी सबै ५ राष्ट्रलाई सफलताको शुभकामना व्यक्त गरिन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]