6 years ago
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेल घोषणा भएसँगै व्यापक चर्चा कमाएको नेपालले यसपटक पुरुष भलिबलमा पनि पदकको अपेक्षा गरेको थियो । तर, नेपालको यो सम्भावना निकै झिनो बनेको छ । यही अवस्थामा नेपालले आज स्वर्णको दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजेपछि सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा अग्रता लिएरपनि बंगलादेशसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बनेको हो । कम्तीमा पनि पदक जित्ने सम्भावनालाई जीवितै राख्न नेपालले भारतमाथि निश्चित जितको आवश्यकता छ । सेमिफाइनल पुग्न भारतविरुद्धको खेल नेपालको लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित भएको अवस्थामा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
तर, पहिलो जितसँगै सेमिफाइनल पुगिसकेको बलियो भारतविरुद्धको खेल नेपालको लागि सहज हुनेछैन । यसअघि सागकै तयारीका रहेको नेपालले भारतसँग तीन अभ्यास खेल खेलेको थियो । तीनै खेलमा पराजित भएको थियो ।

नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि भारत सेमिफाइनल पुग्नेछ । १ खेलमा भारतको ३ अंक छ । २ खेल खेलेको बंगलादेशको २ अंक र नेपालको १ अंक छ । भोलीको खेलमा नेपाल पराजित भएको खण्डमा बंगलादेश अन्तिम चारमा पुग्नेछ । आजै समूह ‘बी’ मा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् ।
भारत सागमा भलिबल समावेश भएदेखिकै दावेदार राष्ट्र हो । नेपाल भने साग पुरुष भलिबलमा पदकविहीन छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]