6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष र महिला दुवै स्पर्धामा कास्य पदक जितेको छ ।

सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट श्रीलंकाले २३-२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५-२० को जित दर्ता गरेको श्रीलंकाले तेस्रो सेटमा २५-१६ को सहज जित दर्ता गर्दै लय समात्यो । चौथो सेटमा २५-२१ को जित दर्ता गर्दै श्रीलंकाले कास्य पदक पक्का गर्यो ।
दिनको दोस्रो खेलमा श्रीलंकाको महिला टोलीले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कास्य पदक जित्यो । श्रीलंकाले निकै सहज जित दर्ता गर्ने क्रममा २५-१३, २५-१८, २५-८ को जित दर्ता गर्यो । श्रीलंका सेमिफाइनलमा नेपालसँग पराजित भएको थियो ।

भलिबलतर्फ मंगलबार दुवै फाइनल खेल हुनेछन् । पुरुषतर्फ दिउँसो १ बजे भारत र पाकिस्तान भिड्नेछन् । महिलातर्फ घरेलु टोली नेपालले भारतको सामना गर्नेछ । दुवै फाइनल दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]