6 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।

बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन् । लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट ३५.५२ सेकेण्डमा पूरा गरिन् ।
कास्य पदक जितेकी भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन् । योसँगै साइक्लिङमा नेपालले ३ स्वर्ण जितेको छ । बुधबार भएको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका थिए ।
बिहीबार नेपालले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि उसुकी निमा घर्तीमगरले पनि स्वर्ण जितेकी थिइन् । यससँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।
१३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]