6 years ago
December 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी महत्वपुर्ण सदस्य प्रतिभा मालीसँगै प्रभावशाली खेलाडी सरस्वती चौधरीले पनि माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

सरस्वती माल्दिभ्को महिला भलिबल लिग खेल्न शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् । यसअघि प्रतिभा बिहीबारै माल्दिभ्स प्रसथान गरिसकेकी छन् । सरस्वतीले माल्दिभ्सको लोरेन्जो क्लबबाट एक साता लिग खेल्नेछिन् । प्रतिभाले पुलिस क्लबबाट प्रतियोगिता खेल्ने छिन् ।
नेपालमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) ऐतिहासिक रजतपदक जित्दा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् । यस्तै नेपाली भलिबल इतिहासमा नेपालले पहिलो उपाधिको रुपमा बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसिय सेन्ट्रल जोन सिनयर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]