6 years ago
December 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् ।अरुणालाई शनिबार राति टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैयासहित सम्मानित गरेको हो ।

सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मानित भएपछि अरुणाले यो सम्मानले खेलमा झनै लाग्न प्रेरित गर्ने बताएकी छिन् । अरुणाकै कप्तानीमा नेपालले नेपाली भलिबल इतिहासमा ऐतिहासिक सफलता हात पारेको थियो ।

नेपालले कात्र्तिक अन्तिम साता बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दा अरुणाले नेपाली टोलीको कप्तानी गरेको थियो । जुन नेपाली भलिबल इतिहासकै पहिलो उपाधि हो ।

अरुणाकै कप्तानीमा नेपाली महिला भलिबल टोलीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जित्न सफल भएको थियो । फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएपछि च्याम्पियन बन्नबाट चुकेको थियो । अरुणाले सेन्ट्रल जोनबाटै नेपाली महिला भलिबल टोलीको कप्तानी सम्हालेकी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]