6 years ago
December 15, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्स वारीयर्सले पोखरा पल्टनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

पोखरा रंगशालमामा भएको टसमा पोखराका कप्तान शरद भेषावाकरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।पोखराले आजको खेलमा युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब आलम, ओपनर इशान पाण्डे, अनिल गुरुङ र अलराउन्डर कृष्ण कार्कीलाई बेन्चमा राखेको छ ।
स्पिनरलाई सहयोग पुग्ने अनुमान गरिएको पिचमा काठमाडौंले प्रमुख तीन स्पिनरलाई मैदान उतारेको छ । पोखराले पनि दुई प्रमुख स्पिनर र अलराउन्डरको रुपमा कुशल मल्ल गरि तीन स्पिनर मैदान उतारेको छ ।
काठमाडौंले आदिल खान, अमर सिंह राउटेला, ओपनर अमित श्रेष्ठ र स्पिनर सुर्य तामाङलाई बाहिर राखेको छ । उद्धघाटनको कारण विहान ११:३० पछि हुने भनेको खेल १२ बजेदेखी सुरु हुने भएको छ ।
काठमाडौंको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, सुसन भारी, बसन्त रेग्मी, पवन सरार्फ, नन्दन यादव, सुवास खकुरेल, अमृत भट्टाई, सुबोध भाटी, गौरव तोमर र जयकिशन कोल्सावाला (विकेटकीपर)
पोखराको प्लेइङ ११:
शरद भेषावकर, विनोद भण्डारी (विकेटकीपर) राशिद खान, रोहित कुमार पौडेल, ललित नारायणराजवंशी, मोहम्मद आशिफ शेख, कुशल मल्ल, प्रथमेश डाके, रवि इन्दर सिंह, सर्बाजित लाड, कुशल भुर्तेल
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]