6 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा मालीको क्लबले माल्दिभ्स लिग भलिबलमा शनिबार फाइनल खेल्दैछ । प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोसँग प्रतिस्पर्धा गर्दैछ ।
लिग खेल्ने टोलीले माल्दिभ्स बाहिरका एक खेलाडीलाई टोलीमा राख्न पाउने प्रावधान छ । जसमा प्रतिभा पुलिस टोलीमा आबद्ध भइकी हुन् । वाम्कोमा थाइल्यान्डकी खेलाडी समावेश छिन् । १३ औं साग मंसिर २४ गते सम्पन्न भएको थियो भने प्रतिभा २६ गते माल्दिभ्स गएकी थिइन् ।
राष्ट्रिय टोलीकी अर्की सदस्य सरस्वती चौधरीको टोली भने लोरेन्जो लिगमा तेस्रो भएको छ । प्रतिभाको टोलीले ४ खेल खेलिसकेको छ । जसमा प्रतिभा २ खेलमा प्लेयर अफ दी म्याच चुनिएकी थिइन् । प्रतिभाले यसअघि पनि माल्दिभ्स लिग खेलिसकेकी छिन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाएकी प्रतिभा उत्कृष्ट खेलाडी घोषित भइकी थिइन् ।
प्रतिभा गत महिना मात्र एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनकै उच्च प्रदर्शनमा नेपालले ऐतिहासिक उपाधि जितेको थियो । गत साता मात्र नेपालले सागमा पहिलो पटक रजत पदक जित्दा उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]