default_image

6 years ago

December 25, 2019

माल्दिभ्समा मानबहादुर सम्मिलित टोली विजयी

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा विजयी शुरुवात गरेको छ ।

Man Bahadur

फाइल फोटो

माल्दिभ्सको मालेस्थित कभर्डहलमा बुधबारभएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्ट्स क्लब हक्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय खेलमा मानबहादुरको टोलीले २५–१५, २५–१७ र २५–१९ को जित निकाल्यो ।

मानबहादुर यही लिगमा लागि मंगलबार राति मात्रै माल्दिभ्स प्रस्थान गरेको थियो । बुधबार बिहान मात्रै माल्दिभ्स पुगेको मानबहादुरले पहिलो खेलमा नै उच्च प्रदर्शन गरेका थिए ।

अब गुडिस स्पोर्ट्स क्लबले दोस्रो खेलमा शुक्रबार दिहेवी सिफेंगे क्लबको सामना गर्नेछ । मानले यसअघि २०१८ मा स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

पछिल्लो समय नेपाली महिला तथा पुरुष खेलाडीको माल्दिभ्समा माग बढ्दो छ । एक साता अघि मात्रै नेपाली महिला राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली र सरस्वती चौधरीले पनि माल्दिभ्सको राष्ट्रिय महिला लिग भलिबल खेलको थियो ।

प्रतिभा सम्मिलित पुलिस क्लब च्याम्पियन बन्दा सरस्वती चौधरी सम्मलित टोली भने तेस्रो भएको थियो । त्यसअघि मन्जु गुरुङ, अरुणा शाही र कोपिल ाउप्रतीले पनि माल्दिभ्सको लिग भलिबल खेलेका थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.