default_image

4 years ago

December 26, 2019

ढोरपाटन महिला भलिबल माघ तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करण माघ तेस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएको […]

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करण माघ तेस्रो सातादेखि आयोजना हुने भएको छ ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएको छ ।

सहभागी टाेलीमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन अार्मी क्लब, टप्प मावि पाेखरा, बुलबुले रारा कर्णाली क्लब, न्यु डायमन्ड एकेडेमी, पारामाउन्ट स्कुल, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइगर्स, जावलाखेल भलपबल प्रशिक्षण केन्द्र र अायाेजक ढाेरपाटन क्लब रहेका छन् । प्रतियाेगितालाई सानमिगेल वियरले मुख्य प्रायाेजन तथा युएम स्कुटीलेे सहप्रायाेजन गरेकाे छ।

आगामी माघमा हुने १५औं संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछ । गतवर्ष विजेताले ३ लाख ५० हजार रुपैया जितेको थियो । दोस्रो हुने टोलीले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौले ५५ हजार, छैटौले ४५ हजार र सातौले ३५ हजार रुपैया हात पार्नेछ । यसपटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने बताइएको छ ।

भाग्यमानी दर्शकले २ लाख रुपैया बराबरको एक थान मोटरसाइकल पाउनेछ । ग्रेट अचिमेन्ट अवार्डबाट एक खेलाडीले ४ लाख रुपैया बराबरको मोटरसाइकल हात पार्नेछ । उदियामान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि इयर सिरिज र उत्कृष्ट खेलाडीले समान १ थान स्कुटी हात पार्नेछन् ।

यस्तै आयोजकले तीन विदेशी खेलाडी ल्याउने टोलीलाई १ लाख २० हजार भत्ता दिने बताएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।

१४औं संस्करण सकिदा एपीएफले सर्वाधिक ६ पटक उपाधि जितेको छ । पाँच पटकपोखराको ज्ञानुबाबाले जितेको छ । समान एक पटक नेपाल पुलिस क्लब र रिड मोडलले जितेको छ । पहिलो संस्करण पुरुषको आयोजना हुदा आर्मी च्याम्पियन बनेको थियो ।

April 28, 2024

प्रधानमन्त्री कप भलिबल लिग विजेताले ८ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । […]

April 27, 2024

साहना प्रधान स्मृति हक्कीमा आर्मीको जित

धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरी खेलेको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले हराएको हो । धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित […]

April 27, 2024

प्रदीप र अभिलाषाले सिटिजन्स बैंक टेनिसको उपाधि रक्षा गरे

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता प्रदीप खड्का र अभिलाषा विष्टले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको‌ उपाधि रक्षा गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा शनिबार भएको पुरूष सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रदीपले उपाधि रक्षा गर्ने क्रममा प्रणव मानन्धरलाई सोझो सेटमा सहजै हराए । उनले ६–३ र ६–२ ले खेल आफ्नो […]

Success

Thank you for your time.