default_image

6 years ago

December 26, 2019

सागकी स्वर्ण विजेता संगिता सुदूरपश्चिम स्पोर्टस अवार्डको मनोनयनमा

144 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम कैलाली हस्पिटक सुदूरपश्चिम स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस १५ गते आयोजना हुने अवार्डमा राखिएका ६ मध्ये लाइभ टाइम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डबाहेकको ४ विधाको मनोनाय सार्वजनिक गरेको हो । ४ विधामा समान ३ जना मनोनयमा परेका छन् ।

जसमा शारदा राईस मिल बर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्का बोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन् । निसर्ग हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, सागकी स्वर्ण पदक विजेता कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छन् ।

दिनेश सोप बर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।केटिएम वाईक बर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा परेका छन् ।

 

‘माया मेट्रो हस्पिटल स्पेशल अवार्ड र ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन पुस १५ गते नै घोषणा गरिनेछ,’ पत्रकार सम्मेलनमा मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले भने, ‘४ वटा विधाका विजेतालाई २५ हजार रुपैयाँ तथा स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई १० हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ ।’

अवार्डका संयोजक तथा मञ्च कैलालीका महासचिव प्रदिप पाठकले अवार्डको तयारी ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । मनोनयमा पर्ने बर्ष भर गरेको प्रदर्शनका आधारमा विजेता घोषणा गरिने बताइएको छ ।

अवार्डको मुख्य प्रायोजक कैलाली हस्पिटल
प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको कैलाली हस्पिटलले मुख्य प्रायोजक नगरेको छ । अवार्डको नाम प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस रहनेछ । कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कैलाली हस्पिटलका अध्यक्ष जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिए । उनले अवार्डको सफलताको कामना गर्दै अवार्डले निरन्तरता पाउनुपर्नेमा जोड दिए । जोशीले अवार्डमा थप सहयोग गर्ने घोषणा समेत गरे ।

अवार्डको प्रवद्र्धक समेत रहेको कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गरे । निजि क्षेत्रलाई अवार्डमा जोडिन आग्रह गर्दै ओझाले पनि व्यक्तिगत सहयोगको घोषणा गरे ।

पत्रकार सम्मेलनमै पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले आवार्डमा जोडिएका प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै सफलताको कामना गरे । मुख्य प्रायोजक कैलाली हस्पिटल र सह–प्रायोजक शौभाग्यश्वर फार्मेसी रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार रहेका छन । धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड झण्डै ३ घन्टा चल्ने बताइएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.