default_image

4 years ago

December 27, 2019

मानबहादुर सम्मिलित गुडिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पहिलो हार बेहोरेको छ ।  माल्दिभ्सको मालेस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब दिहेवी सिफेंगे क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो । शुक्रबार गुडिस दिहेवी सिफेंगे […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पहिलो हार बेहोरेको छ । 

माल्दिभ्सको मालेस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब दिहेवी सिफेंगे क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो । शुक्रबार गुडिस दिहेवी सिफेंगे क्लबसँग २५–१७, २५–१९ र २५–२१ को सोझो सेटमा पराजित हुन पुगेको हो ।

यसअघि गुडिसले स्पोर्ट्स क्लब हक्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब गुडिस स्पोर्ट्स क्लबले तेस्रो खेलमा शनिबार पुलिस क्लबसँग खेल्नेछ ।

मानबहादुरले यसअघि २०१८ मा स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

April 27, 2024

साहना प्रधान स्मृति हक्कीमा आर्मीको जित

धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरी खेलेको छ । शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले हराएको हो । धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित […]

April 27, 2024

प्रदीप र अभिलाषाले सिटिजन्स बैंक टेनिसको उपाधि रक्षा गरे

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता प्रदीप खड्का र अभिलाषा विष्टले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको‌ उपाधि रक्षा गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा शनिबार भएको पुरूष सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रदीपले उपाधि रक्षा गर्ने क्रममा प्रणव मानन्धरलाई सोझो सेटमा सहजै हराए । उनले ६–३ र ६–२ ले खेल आफ्नो […]

April 27, 2024

नवीनसहित ११ खेलाडी अग्रस्थानमा

ललितपुर (हाम्रो खेलकुद) – पूर्व नेपाल नवीन तण्डुकारसहित खेलाडीसहित ११ खेलाडी नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जारी प्रतियोगितामा नविनसहित हेटौंडाका क्षितिज भण्डारी, २ पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू १६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज […]

Success

Thank you for your time.