default_image

6 years ago

December 30, 2019

मानबहादुर सम्मिलित गुडिसको तेस्रो जित

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा तेस्रो जित निकालेको छ ।

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा आइबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्टस् क्लब सिटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो जित निकाल्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा गुडिसले ३१–२९ को कठिन जित निकालेको थियो । तर, त्यसपछिको दुवै सेटमा गुडिसले २५–१८ र २५–१० को सहज जित निकाल्न सफल भयो ।

यसअघि गुडिसले पहिलो खेलमा स्पोर्ट्स क्लब हक्सलाई २५–१५, २५–१७ र २५–१९ ले पराजित गरेको थियो । दोस्रो खेलमा गुडिस दिहेवी सिफेंगे क्लबसँग २५–१७, २५–१९ र २५–२१ को सोझो सेटमा पराजित भएको थियो । तेस्रो खेलमा पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । चार खेलमध्ये तीन खेलमा जित हात पारेपछि गुडिस डबल लिगो दोस्रो राउन्डमा प्रवेश गरेको छ ।

पहिलो राउन्डपछि एक टोली प्रतियोगिताबाट बाहिरिने छ । दोस्रो राउन्डमा शीर्ष चार टोलीले खेल्नेछन् । त्यसपछि वरियताका आधारमा चारै टोलीले सेमिफाइनल खेल्नेछन् ।  दोस्रो राउन्डको पहिलो र दोस्रो टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् ।

विजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । पराजित टोलीले तेस्रो र चौथोबीचको विजेतासँग पुनः सेमिफाइनल खेल्ने अवसर पाउनेछ । विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.