default_image

6 years ago

January 4, 2020

मानबहादुर सम्मिलित गुडिसको चौथो जित

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा चौथो तथा दोस्रो राउन्डमा पहिलो जित निकालेको छ ।

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शुक्रबारदेखि भएको दोस्रो राउन्डको पहिलो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । पहिलो राउन्डमा गुडिसले पुलिसलाई  ३–१ को सेटमा पराजित गरेको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो र दोस्रो सेट गुडिसले २२–२५ र १८–२५ ले गुमाएको थियो । तर, त्यसपछि को तीनै सेट गुडिसले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट गुडिसले २७–२५ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएका थिए । चौथो सेट गुडिसले २५–२३ ले अफ्नो पक्षमा पारेपछि खेल बराबरीमा पुग्दै पाँचौ सेटमा धकेलिएको थियो । पाँचौ सेटमा पनि गुडिसले १५–१३ ले खेल जित्दै पूनरागमन जित निकाल्न सफल भयो । गुडिसको जितमा श्रीलंकन गायनले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

अब दोस्रो राउन्डको दोस्रो खेलमा गुडिसले शनिबार स्पोधिवेही सिफेंगे क्लबसँग खेल्नेछ । मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् ।

दोस्रो राउन्डमा शीर्ष चार टोलीले खेल्नेछन् । त्यसपछि वरियताका आधारमा चारै टोलीले सेमिफाइनल खेल्नेछन् । दोस्रो राउन्डको पहिलो र दोस्रो टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् । विजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । पराजित टोलीले तेस्रो र चौथोबीचको विजेतासँग पुनः सेमिफाइनल खेल्ने अवसर पाउनेछ । विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ ।

माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.