6 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले सहज जितका साथ होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिता सुरुवात गरेको छ । बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपिएफले पोखराको टप्स माविमाथि ३–० को सहज जित हासिल गरेको थियो ।
एपिएफबाट निरुता ठगुन्नाले डेब्यू गरेको खेलमा टोलीले २५–११,२५–१० र २५–६ को सहज जित निकालेको थियो । समूह एमा एपिएफ, टप्ससहित त्रिभुवन आर्मी क्लब र पारा माउन्ड रहेका छन् । त्यस्तै समूह ‘बी’मा आयोजक एवंम् साविक उप विजेता न्यु डायमण्ड स्पोर्टस क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ । प्रशिक्षणले मात्रै भलिबल विकासमा पुर्णता पाउने नदेखिको उल्लेख गर्दै न्यु डायमन्डले दुई वर्ष अघिदेखि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]