default_image

4 years ago

January 11, 2020

फेरि न्यू डायमण्ड र एपिएफ फाइनलमा भिड्ने, आर्मी पराजित

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फेरि पनि होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्ला दुई संस्करणमा पनि यी दुई टोली नै फाइनलमा भिडेका थिए । जसमा दुवै टोलीले एक एक पटक उपाधि जितेका थिए ।

अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आयोजक न्यू डायमण्ड क्लब उपाधि नजिक पुगेको हो । गोंगबु बालाजु बसपार्क नजिकको ढोरपाटन क्लबको कार्टमा शनिबार आर्मीलाई २५–१७,२५–१६ र २५–११ ले हराउँदै राष्ट्रिय टोलीका तीन महत्वपूर्ण सदस्य रहेको न्यू डायमण्ड फाइनलमा पुगेको हो ।

राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी अरुणा शाहीसहित प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठ न्यू डायमण्डमा रहेका छन् । खेलमा आर्मीले कुनै पनि समय न्यू डायमण्डलाई चुनौति दिन सकेन ।

अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शनिबार पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो पटक उपाधि नजिक पुगेको थियो । घरेलु भलिबलमा एक छत्र राज गर्दै आएको एपिएफले पुलिसलाई २५–१४,२५–१८,२५–१७ ले हराउँदै फाइनल पुगेको हो ।

एपिएफ र न्यू डायमण्डबीच आइतबार फाइनल दिउँसो १ः३० बजे सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा यी दुई टोलीमात्र अपराजित रहेका छन् । फाइनलअघि ११ः३० बजे पुलिस र आर्मीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

May 12, 2024

आयशासहित ३ तेक्वान्दो खेलाडीले एसियन पुम्से खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका पदक विजेता ३ खेलाडीले भियतनाममा आयोजना हुने आठौं एसियन पुम्से तेक्वान्दोमा प्रतियोगितामा भाग लिने भएका छन् । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहिसकेकी आयशा शाक्यले एसियन पुम्सेलमा ४० वर्ष मुनीको उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनको […]

May 11, 2024

कर्णाली हाफ म्याराथन- पुष्पा र नरेन्द्रलाई उपाधि

सुर्खेत (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका नरेन्द्रसिंह रावतले प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा पुष्पाले  १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरी प्रथम भएकी हुन् । नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर […]

May 10, 2024

पोखरा स्पोर्टस अवार्ड – सुष्मिता र अर्जुन वर्षका उत्कृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद) – आइटिएफकी तेक्वान्दोकी सुष्मिता थापा मगर र क्रिकेटमा अर्जुन कुमाल पोखरा स्पोर्टस अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना शुक्रबार भएको आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा सुष्मिता र अर्जुन वर्षको उ्रत्कृष्ट चुनिएका हुन् । उत्कृष्ट महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा थिए […]

Success

Thank you for your time.