6 years ago
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबलाई होंगान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइकी छिन् ।

आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबलाई आइतबार भएको फाइनलमा ३–० ले हराउँदा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् । उनले २१ हजार रुपैयाँ प्राप्त गरिन् । सेमिफाइनल, फाइनलमा समेत वमन अफ दी म्याच बनेकी सरस्वती प्रतियोगिताको उत्कृष्ट सर्भर पनि घोषित भएकी थिइन् ।
त्यस्तै आयोजक न्यू डायमण्डकी प्रतिभा माली उत्कृष् स्पाइकर, एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, पुलिसकी कोपिला उत्कृष्ट क्विकर र एपिएफका महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उत्कृष्टले ७ हजार १ सय १ रुपैयाँ प्राप्त गरे ।
एपिएफद्वारा भलिबल उपाधि रक्षा
नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो ।
फाइनल खेल एपिएफले २५–२०,२५–२३ र २५–१८ को सेटमा विजयी भएको थियो । उपाधिसँगै एपिएफले ४ लाख १ सय १ रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै एपिएफले ३ लाख १ सय १ रुपैयाँ प्राप्त गरेको छ । नेपाल पुलिस क्लबले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।
अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो ।गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा आइतबार भएको खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो ।जितसँगै पुलिसले १ लाख ५१ हजार १ सय १० रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै आर्मीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
संघिय सांसद कृष्णगोपाल श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, एपिएफ आइजिपी दुर्जकुमार राई, होंगाजी बौद्ध समाज नेपालका कन्ट्री हेड सोमान वाङ्दी भुटियालगायतले पुरस्कार वितरण गरेका थिए । पुस २३ गते देखि सञ्चालन भएको प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो ।
होंगान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताका सर्वोत्कृष्ट र उत्कृष्ट
सर्वोत्कृष्ट खेलाडी – सरस्वती चौधरी (एपिएफ)
उत्कृष्ट
स्पाइकर – प्रतिभा माली (न्यू डायमण्ड)
ब्लकर – हिरा केसी (एपिएफ)
सेटर – अरुणा शाही (न्यू डायमण्ड)
डिफेन्स – सलिना श्रेष्ठ (न्यू डायमण्ड)
सर्भर – सरस्वती चौधरी (एपिएफ)
क्विकर – कोपिला राना (पुलिस)
प्रशिक्षक – महेशबहादुर चौधरी (एपिएफ)
वमन अफ दी म्याच
पहिलो सेमिफाइनल – सरस्वती चौधरी (एपिएफ)
दोस्रो सेमिफाइनल – प्रतिभा माली (न्यू डायमण्ड)
तेस्रो स्थान – कोपिला राना (नेपाल पुलिस )
फाइनल – सरस्वती चौधरी (एपिएफ)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]