default_image

4 years ago

January 15, 2020

विभागसँगै फेरिएको निरुताको चमक

प्रकाश तिमल्सिना, काठमाडौं भलिबलमा राम्रो सम्भावना देखिएकी निरुता ठगुन्नाको खेल जीवनले नयाँ मोड लिएको छ । दुई वर्ष त्रिभुवन आर्मी क्लबबाट भलिबल खेलकी उनले यसै साता उनले नेपाल एपिएफको भलिबल टोलीबाट डेब्यू गरिन् । पहिलो प्रतियोगितामा नै उनी प्लेइङ सेटमा पर्न सफल भइन् । घरेलु भलिबलमा एकछत्र राज गर्दै आएको एपिएफले यो साताको सुरुमा होगांन्जी […]

76 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

भलिबलमा राम्रो सम्भावना देखिएकी निरुता ठगुन्नाको खेल जीवनले नयाँ मोड लिएको छ । दुई वर्ष त्रिभुवन आर्मी क्लबबाट भलिबल खेलकी उनले यसै साता उनले नेपाल एपिएफको भलिबल टोलीबाट डेब्यू गरिन् ।

पहिलो प्रतियोगितामा नै उनी प्लेइङ सेटमा पर्न सफल भइन् । घरेलु भलिबलमा एकछत्र राज गर्दै आएको एपिएफले यो साताको सुरुमा होगांन्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा उनी पनि त्यसको महत्त्वपूर्ण हिस्सा बनिन् ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी एपिएफकै सरस्वती चौधरीको भनाई मान्ने हो भने निरुताको आगमनले टोली थप मजबुत भएको छ । उनले एपिएफलाई मात्र होइन राष्ट्रिय टोलीबाट पनि लामो समय योगदान गर्न सक्ने विश्वास सरस्वतीले लिएकी छिन् ।

‘अहिले नै राम्रो खेलाडी हो । भलिबल टिम गेम भएकोले समन्वय राम्रो हुनुपर्दछ । त्यसमा उनी सचेत छिन्’, सरस्वतीले भनिन्, ‘हाम्रो टोली र राष्ट्रिय टोलीमा पनि उनी भर्खर आएकी छिन् । अहिले नै उनले राम्रो सम्भावना देखिएकी छिन् । मलाई विश्वास छ उनले लामो समय भलिबलमा उच्च प्रदर्शन गर्न सक्छिन् ।’

भन्डै दुई वर्ष आर्मीबाट खेलेपछि निरुता जेठमा त्यहाँबाट अलग भएकी थिइन् । उनी सम्मलित आर्मीले बिस्तारै भलिबलमा प्रगति गर्दै थियो । उनले घरायसी र व्यक्तिगत कारण भन्दै आर्मी छाडिन् । त्यति बेला उनी यति अस्थिर देखिन्थिन् की अब उनी भलिबलमा नै नफर्कने हो की भन्ने आशंका पनि थियो । उनले पनि आफ्नो परिवार आर्मीमा पठाउन तयार नरहेको पनि बताइएकी थिइन् ।

त्यसबीचमा उनी पहिलो पटक राष्ट्रिय टोलीको २५ खेलाडीको बन्द प्रशिक्षणमा बोलाइएकी थिइन् । तर, निरुता आर्मीमा फर्कने-नफर्कने प्रसंगले राष्ट्रिय टोलीको प्रशिक्षणमा आबद्ध हुन नै केहि समय लाग्यो । उनी ढिला गरि प्रशिक्षणमा आबद्ध भइन् । समय बित्दै जाँदा उनी टोलीको अन्तिम छनोटमा परिन् ।

कात्तिकमा नेपालले बंगलादेशमा एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जित्यो । त्यहि प्रतियोगितामा निरुताले राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाइन् । मंसिरमा स्वेदशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टोलीले इतिहासबै सबैभन्दा सफलत प्रदर्शन गर्दै रजत पदक जित्यो । निरुता त्यसमा पनि थिइन् । पछिल्लो तीन महिनामा उनी टोलीले जितका दुई महत्त्वपूर्ण पदकको हिस्सा बनिन् । उनले घरेलु प्रतियोगिताको उपाधि जित्नुअघि नै अन्तर्राष्ट्रिय पदक जितिसकेकी छिन् ।

त्यहि बीचमा उनी शसस्त्र प्रहरी बलको सिपहीमा नाम निकाल्न सफल भइन् । कतिले उनी एपिएफ जाने योजनासहित आर्मी छाडेको मान्छन् । तर, उनी भने सबै संयोगले भएको मान्छिन् ।

‘एक समय म यस्तो अवस्थामा पुगेकी थिए । भलिबलमा फर्कन भन्ने लागेको थियो । म आर्मी छाडेर घर गइसकेको थिए । तर एक पटक राष्ट्रिय टोलीबाट खेल्नुपर्छ भन्ने सपना थियो’, उनले स्मरण गरिन्, राष्ट्रिय टोलीमा बोलाइए पनि । देशका लागि खेल्ने मौका पनि पाए । तर, पछि बुझे म भलिबलबाट टाढा रहन सक्दिन । त्यहि बीचमा सशस्त्रमा आबद्ध हुने मौका मिल्यो । यसले मेरो खेल जीवनमा नयाँ मोड लिएको छ ।’

आर्मी छाड्नु पर्ने बाध्यताका बारेमा उनले खुलेर कहिल्यै बोलेकी छैनन् । आर्मीले उनलाई फर्काउन हरसम्भव प्रयास पनि गरेको थियो । तर, उनी आफैं आर्मीमा नफर्कने अडानमा कायम रहिन् । आर्मीले उनको चाहनामा बाधक बनेन । अब उनी एपिएफबाट खेल जीवनलाई अघि बढाउने यात्रामा बढेकी छिन् ।

एपिएफको भलिबल टोली देशकी सबैभन्दा बलियो टोली भएकाले त्यहाँबाट खेल्न पाउनुलाई अवसरसँगै चुनौति पनि रहेको निरुताले बुझेकी छिन् । ‘आफ्नो ठाँउ बनाउन पनि प्रतिस्पर्धा गर्नै पर्छ । त्यसमाथि एपिएफमा एक सय एक उत्कृष्ट खेलाडी छन्’, उनले भनिन्, ‘मैले आफ्नो ठाँउबाट शत प्रतिशत दिन सकिन भने प्लेइङ सेटमा पर्न कठिन छ । त्यो मैले राम्ररी बुझेकी छु ।’

उनले एपिएफबाट सुरुमा खेल्न कठिन हुन्छ की भन्ने उनको अनुमान थियो । तर, प्रतियोगिताका दौरान त्यस्तो नभएको उनले सुनाइन् । ‘पहिलो प्रतियोगितामै सेटमा खेल्ने अवसर पाउँछु नै भन्ने लागेको थिएन । तर मौका पाएँ’, उनले अगाडि थपिन्, ‘टोलीको एउटा हिस्सा हुन पाएकोमा खुसी लागेको छ । च्याम्पियन टिममा आउने बितिक्कै बाहिर बस्न परेन। एउटा खेलाडीलाई त्यो भन्दा बढी खुसी के होला ।’

सरस्वती चौधरी, रेश्मा भण्डारीजस्ता एपिएफका स्थापित खेलाडीसँग राष्ट्रिय टोलीमा सँगै भएका कारण पनि आफुलाई नयाँ क्लबमा सहज भएको उनले सुनाइन् । ‘मलाई एपिएफ जाँदा नयाँ जस्तो लागेन’, २२ वर्षे उनले भनिन्, ‘आफ्नो परिवारमा गए जस्तो अनुभव भयो । सबैले हौसला बढाउनु भएको छ । म पनि उत्साहित छु ।’

न्यु डायमण्ड कपकै दौरान समूह चरणमा उनले आर्मीको सामना गर्नुपर्यो । सुरुमा केहि अप्ठेरो लागेको उनी सम्झन्छिन् । ‘सुरुमा केहि अप्ठेरो त लाग्यो । तर खेल जीवन हो यस्तो हुन्छ भन्ने लाग्यो । आफ्नो खेल देखाउनु पर्छ थियो’, उनले भनिन्, ‘त्यहि अनुसार खेल्ने प्रयास गरे । आर्मी टोली राम्रो छ । ब्लकमा बढी राम्रो लाग्छ । ‘

परिवारमा आमाबुबासँगै २ भाई, २ बहिनी र आफूसहित ८ जनाको परिवारिक पृष्ठभूमिकी निरुताले कुनै विभागिय टोली विना भलिबलको अभ्यासलाई निरन्तरता दिन सहज थिएन । त्यसै कारण पनि उनको रोजाई एपिएफ बनेको उनी सुनाउँछिन् । परिवार पनि त्यसका लागि तयार भएपछि एपिएफमा आबद्ध भएको उनले सुनाइन् ।

‘सायद भलिबलप्रतिको मेरो मोह देखेरै हुनुपर्छ । परिवारले पनि एपिएफमा भए जाउ भन्नुभयो ‘,उनले आउने दिन चुनौतिपूर्ण हुने अनुमानसहित भनिन्, ‘अहिले सबै वातावरण मेरो पक्षमा देखिएको छ । अब मैले आफुलाई प्रमाणित गर्दै एपिएफ र देशका लागि राम्रो खेल्नुपर्छ । म त्यसमा आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.