6 years ago
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु भलिबलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच फेरि एकपटक तीब्र प्रतिस्पर्धात्मक खेल भएको छ । होंगान्जी न्यु डायमण्ड महिला भलिबल प्रतियोगिताको समूह चरणमा प्रतिस्पर्धा गरेको ठिक एक सातापछि शुक्रबार आरबिसी एभिए क्लब च्याम्प्यिनसिप भलिबलमा पनि यी दुई टोलीबीच नै पहिलो खेल तय थियो ।
एक साता अघिको जस्तो यसपटक पनि तीब्र प्रतिस्पर्धा भयो । नतिजा पनि त्यस्तैले निरन्तरता पाएको थियो । फेरि न्यु डायमण्डले पुलिसलाई ३–२ ले हराउँदै विजयी सुरुवात गरेको थियो । अघिल्लो साताको खेल भने दुई टोलीबीच समूह विजेताको छिनोफानोको लागि भएको थियो । उक्त प्रतियोगितामा अन्तमा न्यू डायमण्ड दोस्रो र पुलिस तेस्रो भएको थियो ।
फेरि पनि राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, प्रतिभा माली, सलिना श्रेष्ठ, ललितनाथ लगायतको बलियो टोलीले पुलिसमाथि जित दर्ता गरायो । यसपटक न्यू डायमण्डले १७–२५,२५–१८,२३–२५,२५–१८ र १५–११ ले नतिजा आफ्नो पक्षमा पारेको छ । अघिल्लो साता न्यू डायमण्ड २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ मा विजयी भएको थियो ।
शुक्रबार सुरु भएको च्याम्यिनसिपमा पुरुषतर्फ दुई विभागगिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब विजयी भएका छन् । त्यसअघि आर्मीले समूह ए को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा पराजित गर्यो । आर्मी २५–९,२५–१६ र २५–९ ले विजयी भएको थियो ।
अर्को खेलमा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ ले पराजित गरेको छ । भारतीय खेलाडीको साथ रहेको बुलबुलेले पहिलो सेट जितेपछि त्यसपछि लगातार तीन सेट एपिएफले जित्यो । एपिएफ २३–२५,२५–१२,२५–२० र २५–१८ ले विजयी भएको थियो ।
च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फको समूह एमा साविक विजेता आर्मी , आरजी र नयाँ बजार सामाजिक क्लब छन् ।
एपिएफ, बुलबुले र जावलाखेल भलिबल प्रशिक्ष केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब , मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन् । समूह डीमा हेल्प नेपाल र बुद्धटोल रहेका छन् ।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस्स क्लब अर्को समूहमा छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]