6 years ago
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मीकी मन्जु विक र एपीएफकी विनिता थापा मगर वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे । महिला खुला तौलसमूहमा एपीएफकी जयन्ती श्रेष्ठले मेन डोजोकी पुनम कर्माचार्य तथा आर्मीकी विन्दु पुनले सो क्योकुसिनकी सुमि श्रेष्ठलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
महिला ६० केजीमा एपीएफकी निशा विकले मकवानपुरकी रेश्मा माझी तथा मेन डोजोकी सुस्मिता शाहीले प्रिया वाइबालाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । महिला ५० केजीमा आईकेकेएफकी करिश्मा कार्कीले आर्मीकी रुविका खड्का तथा एपीएफकी सन्जु माया थिङले आर्मीकी शान्ति थापा मगरलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङले आर्मीकी अनुपमा नेपाली तथा आर्मीकी रिना धिमालले नेपाल प्रहरीकी रिता ठकुल्लाको चुनौती पन्छ्याउदै फाइनलमा स्थान बनाए । वर्षाका कारण शुक्रबारका सम्पूर्ण खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा खेलाइएको थियो ।
पहिलो दिनको खेल निर्धारित स्थान ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा भएको थियो । तेश्रो तथा अन्तिम दिनको खेल प्याङगाउँमै खेलाइने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले जनाएका छन् ।
प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार रुपैयाँ पाउने छन् । टिममा पहिलो हुनेलाई १ लाख र दोश्रो हुनेलाई ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।। उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]