default_image

6 years ago

January 26, 2020

अस्पतालमै भर्ना प्रतिभा केहि समय कोर्ट बाहिर

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलका समर्थकले केहि समयका लागि राष्ट्रिय टोली र होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबकी स्टार प्रतिभा मालीको खेल हेर्न नपाउने भएका छन् । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना छिन् ।

उनको चोट कस्तो हो भन्ने अझै एकिन भएको छैन । चोटका कारण यसै साता सुरु हुने ढोरपाटन लिग भलिबलमा न्यू डायमण्ड बाट प्रतिभाको खेल हेर्न नपाइने पक्का भएको छ ।  खेलको तेस्रो सेटमा स्कोर २२–२० को स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । मैदानमा लड्ने बितिक्कै निकै पिडामा रहेपछि उनलाई स्ट्रेचरमा अस्पताल लागिएको थियो ।

सुरुवाती एक्सरे रिपोर्ट अनुसार उनको घुंडाको हड्डीमा कुनै समस्या देखिएको छैन । न्यू डायमण्डका प्रशिक्षक कुमार राईले भने ‘भित्र रगत जमेको हुँदा उनको लिगाम्नेट वा मेनिस्कसमा समस्या रहेको हुनसक्ने आँकलन गरिएको छ । एमआरआईपछि चोटको गम्भिरता र कति समय लाग्ने थाहा हुन सक्छ । ‘

एमआरआईपछि मात्र उनको चोटको अवस्थाका बारेमा बताउन सकिने चिकित्सकहरुले बताएका छन् । उनको घुँडाको एमआरआई सोमबार हुँदैछ । चोटको गाम्भीर्यता हेर्दा उनले केहि महिना विश्राम गर्नुपर्ने देखिएको छ ।

नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.