6 years ago
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट ग्रस्त राष्ट्रिय टोली एवंम् होंगान्जी न्यू डायमण्डकी भलिबल स्टार प्रतिभा मालीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् ।
सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा प्रतिभाको उपचार भईरहेको छ । डा. श्रेष्ठका अनुसार प्रतिभाको घुँडामा तीन वटा मुख्य समस्या रहेका छन् । ‘यस्तोमा बाहिरबाट हेर्दा ठिकै देखिन्छ । आज एमआरआईको रिपोर्ट आएको छ । तर क्लिनिकल्ली उहाँको घुँडामा निकै प्रब्लम छ । उहाँको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी भएको छ,’ उनले भने, घुँडा अहिले पनि सुन्निएको छ । त्यो कम भएपछि ३/४ दिनमा हामी शल्यक्रिया गर्नेछौं ।’
डा. श्रेष्ठसँगै नी सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको उपचार गरिरहेका छन् । डा. श्रेष्ठका अनुसार पुरानै अवस्थामा खेल्नका लागि प्रतिभालाई ८ देखि ९ महिना लाग्छ सक्छ । डा. श्रेष्ठले भने, ‘हामीले योजना गरे अनुप सबै राम्रो भयो भने उहाँलाई पुरानै अवस्थामा खेल्न ८/९ महिना लाग्छ । ‘
फाइनल खेलको तेस्रो सेटमा स्कोर २२–२० को स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । मैदानमा लड्ने बितिक्कै निकै पिडामा रहेपछि उनलाई स्ट्रेचरमा अस्पताल लागिएको थियो । सुरुवाती एक्सरे रिपोर्ट अनुसार उनको घुंडाको हड्डीमा कुनै समस्या देखिएको थिएन । घँडामा रगत जमेका कारण सोमबार मात्र उनको एमआरआई गिरिएको थियो ।
नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]