default_image

6 years ago

February 8, 2020

सरस्वती र कुल वर्षका उत्कृष्ट खेलाडी

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

 

सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला तर्फ र नेपाल पुलिस क्लब पुरुष तर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । शनिबार तेश्रो एनभिए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो ।

नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपिएफले महिला तर्फ १० मा ९ प्रतियोगितामा विजयी हुँदै उत्कृष्टता हासिल गरेको हो । यस्तै पुलिसले पुरुष तर्फ ९ खेल मध्ये ६ खेलमा विजयी हुँदै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो ।

भलिबलका उदियमान खेलाडीहरुमा महिला तर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षेत्री (टिएसी) घोषित भएका छन् । यसैगरि महिला तर्फ एपिएफका ज्ञानेन्द्र बिष्ट र पुरुष तर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुले नगद २५ हजार सहित सम्मान पत्र प्राप्त गरे ।

यसैगरि भलिबल खेलमा लामो समय सम्म आवद्ध रहि भलिबल अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजार सहित सम्मान पत्रले सम्मान ग¥यो । उप्रेतीले ६१ साल देखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफुलाई उभ्याएकी थिईन् ।

सम्मान गर्ने क्रममा नेपालमा भलिबल खेलको बिकास र विस्तारमा अनवरत लागि पर्ने न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ बिद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई पनि रहेका छन् । राईलाई नगद २५ हजार सहित अभिनन्दन पत्रले सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपालमा भलिबल खेलको विकासमा सहयोग पु¥याउनु हुने नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मान पत्र र दाशल्ला ओढाएर सम्मान गरिएको थियो ।

नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मुल्याङ्कन गर्दै बिगत तीन बर्ष देखि सम्मान गर्ने कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

शनिबार एक कार्यक्रमविच संघिय प्रतिनिधी सभा साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवनराम श्रेष्ठले बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई संघद्वारा प्रदान गरिएको नगद रकम सहित सम्मान पत्रद्वारा सम्मान गरे ।

सोही कार्यक्रमका दौरान बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई पनि नगद २५ हजार सहित सम्मान गरिएको थियो ।

भलिबल संघका उत्कृष्ट

वर्ष उदियमान खेलाडी
पुरुष – शरण सामरी क्षेत्री (आर्मी)
महिला – उषा भण्डारी (नेपाल पुलिस)

बर्ष खेलाडी

महिला – सरस्वती चौधरी (एपिएफ)
पुरुष – कुल बहादुर थापा (नेपाल पुलिस)

वर्ष प्रशिक्षक
महिला – ज्ञानेन्द्र बिष्ट (एपिएफ)
पुरुष – सरोज श्रेष्ठ (नेपाल पुलिस)

उत्कृष्ट टिम
महिला – नेपाल एपिएफ क्लब
पुरुष  – नेपाल पुलिस क्लब

सम्मान

प्रशिक्षक – कुमार राई (२५ हजार)

खेलाडी – कोपिला उप्रेतीलाई ( ५० हजार रुपैयाँ)

भलिबलमा योगदान गर्नेहरुलाई सम्मान – पिटर भान टरेल (नेदरल्यान्ड भलिबल फेडेरेसन डेभलपमेन्ट म्यानेजर तथा फिभका भलिबल कमिसन)

 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.