6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नुवाकोटको पञ्चकन्या गाँउपालिका थप्रेकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाकी अनु अधिकारीलाई नगदसहित सम्मान गरेको छ । अनुले करातेको कुमुेतमा स्वर्ण पदक जितेकी थिइन् ।

उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँले समान गरिएको थियो । त्यस्तै रजत पदक पविजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँले सम्मान गरिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई सम्मान गरेका थिए ।
त्यस्तै नुवाकोट जिल्लामा जन्मेर १३ औं सागमा स्वर्ण पदक विजेता बन्न सफल फुटबलका अभिषेक रिजाल, लक्ष्मी मगर र बृद्धिबहादुर तामाङलाई समान १५ हजार रुपैयाँ प्राप्त गरियो । त्यस्तै सागका रजत र कास्य पदक विजेता मिना ग्लान, कृष्णबहादुर तामाङ, संजित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजिव पुडासैनीलाई समान १० हजार रुपैयाँ प्राप्त गरे ।
मंसिरमा स्वदेशमा आयोजना भएको सागमा नेपालले पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । नेपालले ५१ स्वर्ण, ६० रतज र ९५ कास्य सहित २ सय ६ पदक जितेको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]