default_image

4 years ago

February 10, 2020

भलिबल स्टार प्रतिभा १७ दिनपछि डिस्चार्ज

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा माली १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान माघ १० गते चोट लागेयता प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् । बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । गत […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा माली १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान माघ १० गते चोट लागेयता प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् ।

बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । गत साता आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा. रुपेश बैद्यको नेतृत्वमा उनको घुँडाको शल्यक्रिया भएको थियो । डा. श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिए ।

‘शल्यक्रिया एकदमै राम्रो भएको छ । उनको घुँडामा जे जति समस्या थियो, त्यसको हामीले रिपेर गरेका छौं,’ डा. श्रेष्ठले भने, ‘उनको विल पावर अत्यन्तै राम्रो छ । ४ हप्ता पछि विस्तारै त्यो खुट्टा टेक्न मिल्नछ । ९ महिनादेखि एक वर्षसम्ममा पुरानै अवस्थामा खेल्न मिल्छ भन्ने विश्वास छ ।’

डा. श्रेष्ठका अनुसार प्रतिभाको घुँडाको एसिएल रिकभर गरिएको छ भने मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल रिपेर गरिएको छ । क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो ।

नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक रजतपदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

Success

Thank you for your time.