default_image

6 years ago

February 12, 2020

ढोरपाटन महिला भलिबल: एपिएफ र पुलिस उपाधिका लागि भिड्दै, कसले मार्ला बाजी ?

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब १५औं सानमिगेल ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम खेलमा आज (बुधबार) प्रतिस्पर्धा गर्दैछ । 

खेल दिउँसो १ बजेपछि नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछ । यो खेल फाइनल सरह हुने भएको छ । डबल लिगको १३औं चरणको खेल सकिदा एपिएफ र पुलिसबीच १ अंकको मात्रै फरक छ । एपिएफको १३ खेलबाट ३८ तथा पुलिसको ३७ अंक छ । यसै लिगको पहिलो राउन्डमा एपिएफ ३–२ को सेटमा विजयी भएको थियो । त्यसैले पनि एपिएफ र पुलिसबीचको खेल रोचक हुने अपेक्षा गरिएको छ ।

यस्तोमा अन्तिम खेलमा सफलता हात पार्ने टोली १५औं संस्करणको च्याम्पियन बन्नेछ । एपिएफ यो सिजन वर्षको पाँचौ उपाधिको खोजीमा रहनेछ । एपिएफले यो सिजन आठौं राष्ट्रिय खेलकुद, शेर बहादुर स्मृति भलिबल, न्यु डायमन्ड कप र एनभिए क्लब च्याम्पियनसिप जितिसकेका छन् ।

ढोरपाटन डबल लिग भलिबलको सर्वाधिक ६ पटकको च्याम्पियन एपिएफ सातौपटक ढोरपाटन लिग जित्ने लक्ष्यमा हुनेछ । एपिएफ भन्दा पछि पोखराको ज्ञानुबाबा स्कुलले ५ पटका लिग जितेका छन् । स्टार खेलाडीले भरिपुर्ण एपिएफसँग सरस्वती चौधरी, रेश्मा भण्डारी, विनिता बुढाथोकी, निरुता ठगुन्ना, हिरा केसी, उषा कुमारी विष्ट, कविता भट्ट, मनिषा तामाङ, यमुना रसाइली, नेविका चौधरी र पुजा चौधरीलगायतको साथ छ ।

यता, एपिएफलाई स्तब्ध पार्दै पुलिस वर्षको दोस्रो तथा ढोरपाटन डबल लिग भलिबल पनि दोस्रो पटक जित्ने दाँउमा हुनेछ । पुलिसले यो सिजन पोखराको लामाचौरमा सम्पन्न तीज भलिबलको उपाधि जितेको थियो । ढोरपाटन लिगको सातौ संस्करणमा पुलिस च्याम्पियन बनेको थियो ।
पुलिससँग कोपिला उप्रेती, कमला पुन, कोपिला राना, पुनम चन्द, उषा भण्डारी, शान्तिकला तामाङ, मनिषा चौधरी, सुशिला थापा, पुष्पा चौधरी र तिला चौधरीजस्ता खेलाडीको साथ छ ।

त्यसअघि त्रिभुवन आर्मी क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबबीच बिहान ११ बने प्रतिस्पर्धा हुनेछ । आर्मीले १३ खेलबाट २७ अंक जोडेको आर्मीले तेस्रो तथा समान खेलबाटै २२ अंक जोडेर डायमन्डले चौथो स्थान हासिल गरेको छ । चितवन टाइग्रेसले १८ अंक जोडेर पाँचौ तथा १३ अंक जोडेर बुलबुले रारा भलिबल क्लबले छैटौ स्थान हासिल गर्‍यो । पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौ भएको बुलबुलले ४५ हजार रुपैया प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार रुपैया तथा चौथौले ७५ हजार रुपैया हात पार्नेछ । देखि छैटौ सम्मले क्रमश ७५ हजार, र ३५ हजार रुपैया पाउनेछन् ।

गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक–एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।

पोखराको ज्ञानुबाबा स्कुल र विभागीय नेपाल एपिएफ क्लब प्रतियोगिताको सर्र्वाधिक सफल टोली हुन् । यि दुई टोलीमा एपिएफले ६ पटक तथा ज्ञानुबाबाले ५ पटक उपाधि जितेका छन् । ज्ञानुबावा दोस्रो देखि छैटौ संस्करण सम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौमा पुलिस च्याम्पियन बनेको थियो ।

त्यसपछि ११औं संस्करणसम्म एपिएफ च्याम्पियन बन्दा १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । १३औं र १४औंमा पुनः एपिएफ नै च्याम्पियन बनेको थियो । नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान एक–एक पटक उपाधि जितेका छन् । पहिलो संस्करणमा पुरुषको प्रतिस्पर्धा हुदा आर्मीले बाजी मारेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.