6 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले तेस्रो हुँदै १५ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्त्य गरेको छ । खेल्नुअघि नै तेस्रो स्थान पक्का गरेको आर्मीले आफ्नो अन्तिम खेलमा बुधबार केहि वर्षयता विभागिय टोलीलाई टक्कर दिदै आएको होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो ।

आफ्नो मुख्य खेलाडी प्रतिभा माली विना उत्रेको न्यू डायमण्ड यसपटक भने आर्मीविरुद्ध पहिलो सेटबाहेक कमजोर देखियो । प्रतिभा माघ १० गते क्लब आरबिबी एनभिए क्लब च्याम्पियनसपिको फाइनलका दौरान घाइते भएपछि न्यू डायमण्डले उनी विना ढोरपाटन लिग खेल्नु परेको थियो ।
उनको बायाँ घुँडामा चोट लागेको थियो । घुँडाको शल्यक्रिया गराउनु परेकी प्रतिभा १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भई अहिले आराम गरिरहेकी छिन् । प्रतिभाको अनुपस्थितिमा टोली आर्मीसँग २५–२१,२५–१४ र २५–१४ ले पराजित भएको थियो ।
प्रतिभासहितको न्यू डायमण्डले पछिल्ला दुई प्रतियोगिताको सेमिफाइनलमा आर्मी टोलीलाई हराएको थियो । पुसको अन्तिममा भएको होंगान्जी न्यू डायमन्ड कप र यसै महिना भएको क्लब च्याम्पियनसिप दुवैको सेमिफाइनलमा आर्मी न्यू डायमन्डसँग पराजित भएको थियो ।

ढोरपाटन लिगको तेस्रो स्थानको आर्मीले १४ खेलमा ३० अंक जोड्यो । २२ अंकका साथ न्यू डायमण्ड चौथो स्थानमा रह्यो । आर्मीले १ लाख ५ हजार र न्यू डायमण्डले ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
उपाधिको छिनोफानो आजैको खेलबाट हुँदैछ । जहाँ साविक विजेता एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विजेताले ४ लाख ५ हजार र दोस्रो टोलीले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]