6 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीको उपचारमा लाग्ने सबै खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भएको छ ।

ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् । उनले भने ‘प्रतिभाको उपचारमा लाग्ने सबै खर्च राखेपले बेहोर्नेछ ।’
अर्को एक प्रसंगमा सिलवालले नेपाली महिला टोलीले राम्रो गर्न सकेको खण्डमा भारतलाई पनि हराउन सक्ने सम्भावना रहेको बताए । गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा प्रतिभा सम्मलित नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो । नेपालले पहिलो पटक भारतलाई सोही खेलमा २ सेट हराएको थियो ।

माघ १० गते घुँडामा चोट लागेर त्रिुपरेश्वरस्थित ब्लु क्रममा उपचार गराएकी प्रतिभा १७ दिनपछि सोमबार डिस्चार्ज भइकी थिइन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान चोट लागेयता प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् ।
बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । अघिल्लो आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा. रुपेश बैद्यको नेतृत्वमा उनको घुँडाको शल्यक्रिया भएको थियो । डा. श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिएका थिए ।

क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो ।
उनलाई पुरानै अवस्थामा फर्कन ९ महिनादेखि एक वर्ष सम्म लाग्ने डा. श्रेष्ठले बताएका छन् । नेपालले कात्तिकमा एभिसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र १३औं सागमा रजतपदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]