default_image

4 years ago

February 13, 2020

सफल पोखरा म्याराथनमा ७ हजार दौडने अपेक्षा

पोखरा (हाम्रो खेलकुद)– सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समावेश सबै खाले इभेन्टमा झन्डै ७ हजारले दौडने अपेक्षा गरिएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले आशा राखेको छ । शनिबार आयोजना हुने म्याराथनका लागि अझै एक दिन दर्ता समय रहेकाले सहभागी संख्या ७ हजार पुग्ने आशा गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । […]

20 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समावेश सबै खाले इभेन्टमा झन्डै ७ हजारले दौडने अपेक्षा गरिएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले आशा राखेको छ । शनिबार आयोजना हुने म्याराथनका लागि अझै एक दिन दर्ता समय रहेकाले सहभागी संख्या ७ हजार पुग्ने आशा गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सी संरक्षक रहेको म्याराथनको सबै तयारी पुरा भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । २०५८ सालमा स्थानपना भएको मञ्चले मुलुकको खेलकुद विकासमा सहयोग पु¥्याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ म्यराथन आयोजना सुरु गरेको बताइएको छ ।

विश्वमा विभिन्न मुलुकमा सिटी म्यराथानको अवधारणको विकास भइरहेको र त्यसका माध्यमबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्न म्यराथनको अर्को उद्देश्य रहेकोब ताइएको छ । पोखरा महानगरपालिकाले म्याराथनलाई आफ्नो प्रमुख इभेन्टको रुपमा सहकार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष गुरुङले विदेश स्थित विभिन्न देशमा रहेका नेपालका विभिन्न संघ–संस्था पोखरेली मञ्च यु.के. सहारा यु.के,हङकङ, बोष्टनमा बसोबास गर्नेहरुले सहयोग गरिको जानकारी दिए ।

म्याराथनका लागि पोखरेली मञ्च यूकेका अध्यक्ष मन गुरुङ, पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइसकेका छन् । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडदैछन् । दुवैजना क्यान्सर रोगलाई जितेर खेलकुद र सामाजिक अभियानमा जुटेका छन् । समयमा रोगका बारेमा जानकारी भएर उपचार गर्न सकियो भने क्यान्सर जस्तो रोग पनि निको हुने सन्देश दिनका लागि आफ्नो दोस्रो पटक पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले बताइन् ।

गैर आवाशिय नेपाली संघ (एन.आर.एन) यूकेका अध्यक्ष पुनम गुरुङ सहित सहारा युके, बगर भाई खलक यूके लगायतको टोली नेपाल भ्रमण २०२० लाई पोखरा म्याराथन मार्फत थप उजागर गर्न र उत्साह जगाउन पोखरा आइसकेको आयोजकले जनाएको छ । पोखरासंग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरको उत्कृष्ट धावक समेत सहभागिताका लागि पोखरा आइसकेको जनाइएको छ ।

पोखरा म्याराथनलाई विश्व शान्तीको कामना गर्दै पिस टर्च सहित दौडन १३ विभिन्न देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको गुरुङले जानकारी दिए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्नेछन् । उनीहरुको सहभागिताले पोखरा म्याराथनलाई अन्तर्रष्ट्रिय गर्न अझै सहयोग मिल्ने विश्वास आयोजकको छ ।

म्याराथनको रुटले महानगरका १ देखि १७ नं वडामा परेको छ । रुट पर्ने चोकहरुमा स्थानिय विभिन्न संघ–संस्था, आमा समुह र सांस्कृतिक समुहहरुले आ–आफ्नो भेष–भुषा, पञ्चे वाजा गाजा, भजन चुड्का सहित धावकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । म्याराथनमा धावकहरु दौडने रुटमा अति आवश्यक बाहेक अन्य सार्वजनिक र निजी यातायत सेवाहरु रोक्ने प्रतिबद्धता जाहेर गरेकाले आफुहरु उत्साहित भएको गुरुङले सुनाए ।

अर्को वर्षदेखि म्याराथनको मुख्य आयोजकका रुपमा पोखरा महानगरपालिका रहने अघि सर्नुलाई मञ्चले सिटी म्याराथनको अवधारणलाई महानगरले ग्रहण गरेको रुपमा लिएको छ । प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने म्याराथनको सुरुवात पोखरा रंगशालाबाट हुनेछ ।

३५ लाख रुर्पैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको म्यराथनका विजेताले २ लाख दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.