default_image

4 years ago

February 13, 2020

एपिएफ टोली प्रतिभाको घरमा

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीलाई स्वास्थ्य लाभको कामना गर्न नेपाल एपिएफ क्लबको महिला टोली बिहीबार उनको घर पुगेको छ । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनको उपाधि रक्षा गरेको भोली पल्ट एपिएफको पुरै टोली नैकापस्थित प्रतिभाको घर पुगेको थियो । प्रतिभाको […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीलाई स्वास्थ्य लाभको कामना गर्न नेपाल एपिएफ क्लबको महिला टोली बिहीबार उनको घर पुगेको छ ।

ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनको उपाधि रक्षा गरेको भोली पल्ट एपिएफको पुरै टोली नैकापस्थित प्रतिभाको घर पुगेको थियो । प्रतिभाको न्यू डायमण्ड क्लब भने डबल लिगमा चौथो स्थानमा सिमित भएको थियो । एपिएफ टोलीका साथ प्रशिक्षक महेश चौधरी र व्यवस्थापक विजय केसी पनि प्रतिभाको घर पुगेका थिए ।

एपिएफकी कप्तान विनिता बुढाथोकीले क्लबको मात्र नभइ देशकै राम्रो खेलाडीलाई स्वास्थ्य लाभको कामना गर्न गएको बताइन् । ‘उनलाई भेट्दा खुसी लाग्यो,’ उनले भनिन्, ‘प्रतिभालाई पनि पक्कै खुसी लाग्यो नै होला ।’

तर, यो घटनाबाट आयोजक र सम्बन्धित निकायले खेलाडीको विमाका बारेमा गम्भिरतापूर्वक सोच्नु पर्ने बेला भएको बताइन् । ‘खेलाडीलाई चोट यसअघि पनि लाग्थ्यो । भोलीका दिनमा पनि लाग्छ,’ उनले भनिन्,’ तर सबै खेलाडीले यहि खालको उपचार नपाउन सक्छन् । त्यसैले आयोजक र सम्बन्धित सबैले खेलाडीको विमाका विषयमा सोच्न अब ढिला गर्न हुन्छ । राम्रो उपचार भएन भने खेलाडीको खेल जीवन नै सकिने खतरा हुन्छ ।’

एपिएफको पुरै टोली आउँदा प्रतिभाले असाध्यै खुसी लागेको बताइन् । ‘कोर्ट बाहिर उहाँहरु विरोधी टोलीको खेलाडी भन्ने महसुस नै कहिल्यै हुँदैन । जबदेखि म राष्ट्रिय टोलीमा छु त्यति बेलादेखि एउटा अलग्गै सामिप्यता छ,’ उनले भनिन्, ‘सबै आउनु भयो, एकदम खुसी लाग्यो । सिस्टरहुड फिल हो ।’

उनले अस्पतालमा रहँदा राष्ट्रिय पुरुष टोलीका एवंम् नेपाल पुलिस क्लबका कप्तान इम राना, पुलिस र राष्ट्रिय टोलीकी कमला पुनलगायतका खेलाडी पदाधिकारी भेट्न आउँदा पनि आफ्नोपन महसुस गरेको सुनाइन् । माघ १० गते आरबिबी एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा एपिएफविरुद्धकै फाइनल खेल्ने क्रममा प्रतिभाको बायाँ घुडामा चोट लागेको थियो । सोही दिन त्रिपरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराएकी प्रतिभा १७ दिनपछि सोमबार डिस्चार्ज भइकी थिइन् ।

अघिल्लो आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा. रुपेश बैद्यको नेतृत्वमा उनको घुँडाको शल्यक्रिया भएको थियो । डा। श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिएका थिए । एपिएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२–२० को अग्रता बनाएको स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो ।

ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सचिव रमेशकुमार सिलवालले प्रतिभाको उपचारमा लाग्ने सम्पूर्ण खर्च राखेपले बेहोर्ने बताएका थिए ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.