default_image

6 years ago

February 15, 2020

होमलाललाई प्रधानसेनापति म्याराथन उपाधि

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका धावक होमलाल श्रेष्ठले पाँचौ प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् । शनिवार भएको म्याराथनमा होमलालले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।

उनले डिफेन्डिङ च्याम्पियन आर्मीकै कृष्ण बस्नेतलाई १ मिनेट ३२ सेकेण्डले पछि पार्दै पहिलो पटक उपाधि जितेका हुन् । ब्यक्तिगत कारणले १३ औं साग गुमाएका कृष्ण बस्नेतले उपाधि रक्षा गर्न सकेनन् । २ घण्टा २३ मिनेट ४९ सेकेण्डमा दुरी तय गर्दै दोस्रो स्थानमा दौड सकाए ।

आर्मीको वश्चर्य रहेको म्याराथनमा आर्मीकै नवराज साउद तेस्रो भए । उनले २ घण्टा २९ मिनेट ३७ सेकेण्डमा दुरी पार गरे । आर्मीका ज्ञान प्रसाद भट्टाई र वेद सुनवार क्रमशः चौथो र पाँचौ भए ।

हाफ म्याराथनमा महिलातर्फ उपाधि सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारीले जितेकी छिन् । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०८ सेकेण्डमा पुरा गरिन् । पुलिसकी राजपुरा पछाईले १ घण्टा १८ मिनेट ३७ सेकेण्डमा तथा आर्मीकी विश्वरुपा बुढा १ घण्टा २० मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र तेस्रो भए ।

हाफ म्याराथनको ४५ वर्ष मुनी भारतीय सेनाका तिर्थ पुनले १ घण्टा ५ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै पहिलो भए । आर्मीका खगेन्द्र भाटले १ घण्टा ५ मिनेट र ५८ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो तथा आर्मीकै दीपक अधिकारीले १ घण्टा ७ मिनेट २ सेकेण्ड सहित तेस्रो भए ।

४५ वर्षमाथि धर्म महर्जन पहिलो, भिम बहादुर गुरुङ दोस्रो र भिमसेन अवाले तेस्रो भए । १० किलो मिटर गैर सैनिकमा सन्तोषनाथ योगी, विष्णु कुमार तामाङ र सागर श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

१० किमी सैनिक सहचारी पुरुषमा भुपेन्द्र सिंह रावत पहिलो, दिशेन घले दोस्रो र दुरा इमुरुगन तेस्रो भए । १० किमी अधिकृत पुरुषतर्फ नवराज थापा पहिलो, अजयजंग सुवेदी दोस्रो र चन्द्रबहादुर थापा तेस्रो भए ।

महिलामा देवी पुन, रस्मिला अर्याल र सिता कुवँर क्रमशः पहिलो दोस्रो र तेस्रो भए । ५ किमी छात्रतर्फ सैनिकआवसिय महाविद्यालयका इश्वर चन्द्र बस्नेत पहिलो भए । सैनिककै प्रविणराज अधिकारी दोस्रो र धावसी तिलिङ्गटारका सविन राई तेस्रो भए । छात्रामा विजेश्वरीज्ञान मन्दीरका स्वेच्छा बलामी मगर पहिलो, सुनिता श्रेष्ठ दोस्रो र रचना राना मगर तेस्रो भए ।

म्याराथन विजेताले १ लाख २५ हजार रुपैयासँगै एक थान मोटरसाइकल प्राप्त गरे । दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैठौले १० हजार, सातौले ७ हजार, आठौंले ५, नवौंले ३ र दशौँले २ हजार हात पारेका छन् । हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे ।

हाफ म्याराथनको ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार पाए । १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र पाँच हजार पाएका छन् ।

पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार प्राप्त गरे । म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई च्याम्पियन बनेका थिए । दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो र चौथो संस्करणमा आर्मीकै कृष्ण बस्नेत च्याम्पियन बनेका थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.