default_image

6 years ago

February 18, 2020

विमल र निमा सर्वोत्कृष्ट, सरस्वती र अजित प्रतिभावान

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपिए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) को आयोजनामा १४ औं संस्करणको एनएनआइपिए स्पोट्र्स अवार्ड २०७५ मंगलबार भएको कार्यक्रममा विमल र निमालाई सर्वोत्कृष्ट घोषित गरिएको हो । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

२८ अलग अलग खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो । तीनै मध्येबाट एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी प्रतिभावान खेलाडी घोषित भएका छन् । अजित र सरस्वतीले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बिन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो । एसियन खेलकुदमा नेपालले विभिन्न २८ खेल भाग लिएको थियो । उत्कृष्ट २८ खेलाडी यसअघि नै घोषणा भइसकेको थियो । उनीहरुले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपिए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास छन् । त्यस्तै सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फका खेलाडी उत्कृष्ट घोषित हुँदै सम्मानित भए ।

गुरुङ आदर्श खेल व्यक्तित्व

बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपिएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित अवार्ड गुरुङलाई प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव शरदचन्द्र शाहको आग्रहपछि बर्माको सैनिकको जागिर छाडेर गुरुङ नेपाल आएका थिए ।

गुरुङ सफल नेपालका सफल बक्सरहरुका प्रशिक्षक हुन् । जसमा दलबहादुर राना, पुष्करध्वज शाहीदेखि प्रकाश थापामगर, मानबहादुर श्रेष्ठ लगायतका हुन् । आईबा रेफ्री समेत रहेका गुरुङ राखेपका दोस्रो श्रेणीका अधिकृत हुन् । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।

पारा खेलकुद अवार्ड

एनएनआइपिएले पहिलो पटक समावेश गरेको पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन् ।

ओली सम्मानित

एनएनआईपिएले खेल पत्रकार प्रज्वल ओलीलाई विशेष सम्मान गरेको छ । उनले गत महिना एआईपिएस अवार्डको बेष्ट कोलम राइटिङ अवार्ड जितेका थिए ।

एनएनआईपिए स्पोर्टस् अवार्ड २०७५

सर्वोत्कृष्ट खेलाडी

महिला– निमा गुरुङ (तेक्वान्दो)- १ लाख रुपैयाँ

पुरुष – विमल अधिकारी (प्याराग्लाइडिङ)- १ लाख रुपैयाँ

प्रतिभावान खेलाडी

महिला – सरस्वती चौधरी (भलिबल)- ५० हजार रुपैयाँ

पुरुष – अजितकुमार यादव (एथलेटिक्स)- ५० हजार रुपैयाँ

पारा एथलिट – महिमा कोइराला (बोसिया) – १० हजार रुपैयाँ

गजराज आदर्श खेल व्यक्तित्व – मदनकुमार गुरुङ (बक्सिङ), ३५ हजार रुपैयाँ

विषेश सम्मान – प्रज्वल आली

खेल पत्रकार – राजेन्द्र चित्रकार (२५ हजार रूपैयाँ)

उत्कृष्ट खेलाडी – जनही १० हजार रुपैयाँ

फुटबल – भरत खवास

भलिबल – सरस्वती चौधरी

सुटिङ– सुष्मिता नेपाल

भारोत्तलोन – सञ्जु चौधरी

प्याराग्लाइडिङ – विमल अधिकारी

पौडी – सुभम श्रेष्ठ

टेबल टेनिस – नविता श्रेष्ठ

फेन्सिङ – ओमकार सिंह

लन टेनिस – प्रेरणा कोइराला

कबड्डी – रेणुका कुमारी राजवंशी

सेपाकताक्रो – रोशन तामाङ

स्पोर्टस क्लाम्बिङ – पेम्बा शेर्पा

बक्सिङ – मिलन शाह ठकुरी

रोलर – भूपेन्द्र थापा

ब्याडमिन्टन – दीपेश धामी

कुराँश – उपेन्द्र थापा

पेनकेक सिलात – गोविन्द चौधरी

ट्रायथोलन – बसन्त थारु

एथलेटिक्स – अजित कुमार यादव

बास्केटबल – मनिषराज उपाध्याय

जुडो – इन्द्र श्रेष्ठ

कराते – विजय श्रेष्ठ

कुस्ती – रेशम गौतम

उसु – जुनी राई

आर्चरी – तिलक पुन मगर

तेक्वान्दो – निमा गुरुङ

गल्फ – टंकबहादुर कार्की

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.