default_image

4 years ago

February 19, 2020

ओखलढुंगाविरुद्ध भोजपुर भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– झापा र संखुवासभाबीच प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग खेलहरु सम्पन्न भई क्वार्टर फाइनल पुग्ने टिमको टुंगो लागेको हो । झापा समूह ‘ए’ को विजेताको र संखुवासभा समूह ‘सी’ को […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झापा र संखुवासभाबीच प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग खेलहरु सम्पन्न भई क्वार्टर फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

झापा समूह ‘ए’ को विजेताको र संखुवासभा समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो । दोश्रो क्वार्टरफाइनलमा सोलुखुम्बुले खोटाङको सामना गर्ने छ । सोलुखुम्बु समूह ‘बी’ को विजेताको रुपमा क्वाटर फाइनल प्रवेश गरेको हो । खोटाङ समूह ‘डी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो ।

तेश्रो क्वार्टरफाइनलमा समूह ‘सी’ को विजेता सुनसरीले समूह ‘ए’ को उपविजेता धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम क्वार्टरफाइनमा खेलमा समूह ‘डी’ को विजेता ओखलढुंगाले समूह ‘बी’को उपविजेता भोजपुरको सामना गर्नेछ ।

दोश्रो दिनको पहिलो खेलमा भोजपुरले उदयपुरलाई २५–२२ र २५–१७ को सोझो सेटमा पराजित गर्यो । यस्तै संखुवासभा सुनसरीसँग २२–२५, २५–१९ र १९ –२५ ले पराजित भयो । झापाले इलामलाई २५–१५,२५–२७ र २५–१७ ले हरायो ।

अर्को खेलमा सोलुखुम्बुले उदयपुरलाई २५–२३ र २५–२३ ले सोझो सेटमा पराजित गर्यो संखुवासभाले पाँचथरलाई २५–१६ र २५–२३ ले हरायो । ओखलढुंगाले मोरङलाई २५–२० र २५–२२ ले पराजित गर्यो । खोटाङले तेह्रथुमलाई २३–२५, २५–१४ र २५–१९ ले हरायो ।

इलाम, उदयपुर, पाँचथर,मोरङ र तेह्रथुमभने लिग चरणबाट नै बाहिरिएको छ । मंगलबार सुरु भएको प्रतियोगितामाप्रदेश १ का १३ जिल्लाको सहभागिता छ ।

क्वार्टरफाइनल खेल

झापाविरुद्ध संखुवासभा

सोलुखुम्बुविरुद्ध खोटाङ

सुनसरीविरुद्ध धनकुटा

ओखलढुंगाविरुद्ध भोजपुर

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.